सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु

रुपन्देही खबर , ५५२  पटक हेरिएको

भक्तपुर, मंसिर ११

मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीमा  शनिबार राति भएको सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पुरानो थिमी ओरालोमा दुवाकोटबाट पुरानो थिमितर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च. ४२९३ नम्बरको महेन्द्रा म्यासिमो गाडी विपरित दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल आपसमा ठाेक्किदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका क्वाछेंका २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको हो ।

फसिकवालाई उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल पछाडि बसेका भक्तपुर नगरपालिका-७ गोलमढीका ३२ वर्षीय सिनल ग्वाछाको सोही अस्पतालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताउनु भएको छ।

घटनास्थलमा प्रहरी वृत थिमिबाट अनुसन्धान अधिकृतसहितको टोली पुगि प्रारम्भिक अनुसन्धान गरी दुर्घटनामा संलग्न गाडी र चालक सिन्धुली फिक्कल गाउँंपालिका-१ घर भई भक्तपुरको दुवाकोटका २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरी वृत थिमिमा राखिएको छ । 

प्रकाशित मिति: २०२२-११-२७ , समय : १४:२२:३० , २ वर्ष अगाडि