रुपन्देही क्षेत्र नम्बर १ (ख) मा काँग्रेसका अब्दुल रज्जाक विजयी

रुपन्देही खबर , ३४६  पटक हेरिएको

भैरहवा, मंसिर ८

रुपन्देही क्षेत्र नम्बर १ (ख) मा नेपाली काँग्रेसका अब्दुल रज्जाक विजयी हुनु भएको छ । उहाले एमालेका दधिराम न्यौपानेलाई पराजित गर्नु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार  रज्जाकले ८ सय २९ मतले न्यौपानेलाइ पराजित गर्दै लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भहुनु भएको हो । काँग्रेसका रज्जाकले १२ हजार १२१ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका न्यौपानेले ११ हजार २९५ मत प्राप्त गर्नु भएको छ ।

सहायक निर्वाचन अधिकृत सिता घिमिरेले मत गणना सकिए पनि औपाचारीक रूपमा घोषणा गर्न बाँकी रहेको बताउनु भएको छ । रज्जाक नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री हुनुहुन्छ ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : २३:११:५६ , २ वर्ष अगाडि