रुपन्देहीको क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य २ मा लोसपाका पाण्डे बिजयी

रुपन्देही खबर , ५७६  पटक हेरिएको

भैरहवा, मंसिर ८

रुपन्देहीको क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य २ मा निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष कुमार पाण्डेले सम्पन्न हुन नसकेको कामलाई निरन्तरता दिने बताउनु भएको छ ।

निर्वाचित भएर प्रमाण पत्र लिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले ५ वर्षको कार्यकालमा जनताको पक्षमा काम गर्ने प्रयास गरेकोले जनताले दोस्रो पटक विश्वास गरेर पुनः निर्वाचित गरेकोमा धन्यवाद दिदै जनताको सेवा र ल्याएको योजना पूर्ण नभएकोले त्यसलाई पूर्ण गर्ने बताउनु भयो ।

भौतिक पूर्वाधार, कृषि ,स्वास्थ्य, शिक्षा मात्रै काम होइन, जनतांको दैनिकीमा परेको समस्याका लागि पनि सधै तयार रहने उहाले भन्नु भयो । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले निर्वाचित हुनु भएको पाण्डेलाई प्रमाणपत्र दिनु भएको थियो ।

पाण्डे यो क्षेत्रबाट दोस्रो पटक निर्वाचित हुनु भएको हो । पाँच दलिय गठबन्धनबाट उम्मेदवार बन्नु भएको पाण्डे १४ हजार ९२८ मत ल्याई विजयी हुनु भएको हो । उहाका प्रतिष्पर्धी तीन दलिय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७९८ मत प्राप्त गर्नु भएको छ । पाण्डे ४ हजार १३० मतान्तरले विजयी भएको मूख्य निर्वाचन अधिकृत कोईरालाले जानकारी दिनु भएको छ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १४:०५:५५ , २ वर्ष अगाडि