हरि शर्मा , २८२ पटक हेरिएको
नवलपरासी , मंसिर ६
नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा राप्रपाकौ अग्रता कायमै छ। पूर्वआइजीपी समेत रहेका राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान कांग्रेसका देवेन्द्रराज कँडेलभन्दा ३२ सय मतले अघि छन्।
तेस्रोमा एमालेका दीपेन्द्रकुमार अधिकारी छन्। त्यसैगरी प्रदेशसभा ‘क’ तर्फ पनि राप्रपा अघि छ।
राप्रपाका आशिष प्रधान राष्ट्रिय उन्मुक्ति पार्टीका भवानीप्रसाद चौधरीभन्दा १३ सय मतले अघि छन्। तेस्रोमा एमालेका थानप्रसाद गैरे छन्। प्रदेशसभा ‘ख’ तर्फको मत गणना सुरू भएको छैन।
प्रकाशित मिति: २०२२-११-२२ , समय : १०:३०:१७ , २ वर्ष अगाडि