बाजुरामा गोली चल्दा एक जनाको मृत्यु

राजेन्द्र बिक , ४४१  पटक हेरिएको

बाजुरा, मंसिर ४

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर-७ मा सुरक्षाकर्मीले हानेको गोली लाग्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय सजीव अयडी रहेका छन्। केही स्थानीय घाइते भएका छन्। घाइतेको उपचारका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको छ। घाइतेको पहिचान भने हुन सकेको छैन।

नेपाली काँग्रेस र एमालेका कार्यकर्ता बिच बार-बार झडप भए पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-२० , समय : १८:५६:३२ , २ वर्ष अगाडि