रन्जन भण्डारी , ३७९ पटक हेरिएको
महोत्तरी, मंसिर ४
महोत्तरीमा अरुको नामबाट मत हाल्न खोज्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
निर्वाचन क्षेत्र नं १ (ख)मा रहेको निगौल मावि मतदान केन्द्रमा अरु व्यक्तिको नामबाट मत हाल्न खोज्ने चारजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनु भएको छ ।
हालसम्म परिचय नखुलेका उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। थप विवरण अनुसन्धानपछि खुल्दै जाने मिश्रले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२२-११-२० , समय : १८:४७:१३ , २ वर्ष अगाडि