रुपन्देहीका पत्रकार कंडेलको मोटरसाइकल दुर्घटनामा निधन

रुपन्देही खबर , २७४  पटक हेरिएको

भैरहवा, मंसिर ३

रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।

शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिद्धांर्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकलमा सवार कंडेललाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिदा मोटरसाइकल चालक सवार कंडेलको निधन भएको हो ।

रुपन्देही सैनामैना नगरपालिका १ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै  पत्रकारिता गर्दै आउनु भएको ३५ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने तिनाउ रेडिमिक्सको सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा कार्यरत थिए । नेपाल पत्रकार महासंघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा श्रद्धाञ्जली सभा गरिएको र उहाको हिन्दु सस्कार अनुसार आजै दाहसस्कार गरिएको पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलले जानकारी दिनु भएको छ । 

प्रकाशित मिति: २०२२-११-१९ , समय : १७:५७:३९ , २ वर्ष अगाडि