कपिलवस्तुमा काँग्रेस उम्मेदवार आचार्यबाट आचारसंहिता उल्लंघन

धनी राम काेरी , ३३३  पटक हेरिएको

कपिलवस्तु, कार्तिक २९

नेपाली काँग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आचार्यबाट आचार संहिता उल्लंघन भएको छ । निर्वाचन आचारसंहिता अनुसार मतदातालाई प्रभाव पार्ने खालका समाग्री वितरण गरेका छन् । उम्मेदवार आचार्यले मतदातालाई प्रभाव पार्न आचार्य र प्रदेश सभा सदस्य पदका उम्मेदवार सुधाकर पाण्डेको प्रचार गरी फित्तावाला कि रिङ वितरण गरेको प्रमाण फेला परेको छ ।

यसै गरी घरदैलोको क्रममा चुनाव चिन्ह प्रिन्ट गरेको खादा लगाएर मतदाता प्रभावित गर्दै आएका छन् । उम्मेदवार आचार्यको फेसबुक पेजमा चुनाव चिन्ह प्रिन्ट गरेको खादा प्रयोग गरेको फोटो पोष्ट भएको छ । आचार्यले मापदण्ड विपरित रंगिन पोष्टर समेत प्रयोग गरेका छन् ।

प्रकाशित मिति: २०२२-११-१५ , समय : २२:३५:४८ , २ वर्ष अगाडि