धनी राम काेरी , ३०७ पटक हेरिएको
कपिलवस्तु , कार्तिक २९
निर्वाचन आयोगले बहालवाला मन्त्री र जनप्रतिनिधिलाई निर्वाचनको प्रचारप्रसार गर्न निषेध गरेको छ । तर कपिलवस्तुका प्रदेश मन्त्री आफ्नो मर्यादा भुलेर प्रचार प्रसारमा सहभागि भएका छन् । राजनैतिक दलको प्रचार प्रसार गर्दै प्रदेश राज्यमन्त्री रिना नेपाल र सुस्मा यादवले मत माग्दै हिँडेको उम्मेदवारको आधिकारीक फेसबुक पेजबाट प्रमाणित भएको छ ।
निर्वाचन आचारसंहिता परिच्छेद ३ दफा ५ ले नेपाल सरकारका मन्त्री,प्रदेश सरकारमा मन्त्री,पालिकाको कार्यपालिका सदस्यलाई राजनैतिक दलको पक्ष विपक्षमा प्रचार प्रसार गर्न मनाही गरेको छ । मन्त्री उम्मेदवार रहेको क्षेत्रमा प्रचारप्रसार गर्न पाइने उल्लेख गरिएको छ ।
मुख्य निर्वाचन अधिकारी तेजनाथ प्रकाश अधिकारीले बहालवाला मन्त्री प्रचार प्रसारमा जान नपाउने बताउनु भयो । नियम भन्दा बाहिर जानेलाई कारवाही हुने बताउनु भएको छ । निर्वाचन आचारसंहिता अनुसार आचारसंहिता उल्लंघन गर्दा १ लाख सम्म जरिमाना तोकिएको छ ।
प्रकाशित मिति: २०२२-११-१५ , समय : २२:२८:२६ , २ वर्ष अगाडि