अमित चौहान , ३५२ पटक हेरिएको
कपिलवस्तु, कार्तिक २६
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा न ३ मा सात पुस्ता देखि बसोबास गर्दै आएका सनोज नटुवाले आफू सहित १५० जनाले निर्वाचनमा मतदान नगर्ने निर्णय गर्नु भएको छ । विगत निर्वाचनमा हामीले मतदान नगरेको र मंसिर ४ गते हुने प्रतिनिधि प्रदेश सभा चुनावमा पनि मतदान नगर्ने निर्णय गरेको सनोज नाटुवाले बताउनु भयो ।
विगत सात पुस्ता देखि वासोवास गर्दै आएका नटुवा समुदायले स्थानीय सरकार देखि केन्द्रिय सरकारको सेवा सुविधा बाट बन्चित रहेको र स्थानीय सरकार देखि केन्द्रिय सरकार समेतले झुठो आश्वासन दिदै आएको राजु नटुवाले बताउनु भयो ।
नेपाल सरकारले हामी भन्दा माथी जातीका पत्थर कट्ट भने जातीलाई सामाजिक भत्ता मासिक २ हजारका दरले वितरण गरेको छ तर हामी पत्थर कट भन्ने जाती शीत दलित जाती भएपनि हाम्रो समुदायलाई सरकारले कुनै सेवासुविधा नदिएको गुनासो गर्नु भएको छ ।
उहाले भन्नु भयो , हामी पनि मान्छे हो हामी पनि नेपालको नागरिक हो , हामीलाई पनि मगन्ते भएर बस्न लाज लाग्छ खेतीपाती नभएका कारण अरु कुनै विकल्प पनि छैन आर्थिक अवस्था कमजोरीका कारण भिक माग्न परेको छ । स्थानीय सरकारले खानेपानीको समेत सुविधा नदिएको खाने पानीको समेत अभाव रहेको नटुवा समुदायले बताएका छ्न ।
प्रकाशित मिति: २०२२-११-१२ , समय : ०७:२३:१३ , २ वर्ष अगाडि