भुटानलाई हराउँदै नेपाल शीर्ष स्थानमा

रुपन्देही खबर , २१०  पटक हेरिएको

काठमाडौं, कार्तिक २३

बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ । ढाकामा बुधबार भएको खेलमा भुटानलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् । सेनु वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।

यस जितसँगै नेपालले ३ खेलमा पराजित रहदै ९ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ । भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले ४ खेलमै हार व्यहोर्यो ।
आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ । उक्त खेल फाइनल सरहको हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

प्रकाशित मिति: २०२२-११-०९ , समय : १८:३६:०२ , २ वर्ष अगाडि