महाराजगन्ज नगरपालिकालाई छानाे मुक्त बनाउने मेयर पदका उम्मेदवार चाैधरीको प्रतिबद्धता

धनिराम कोरी , ८४७  पटक हेरिएको

महाराजगन्ज, बैशाख १८

कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नम्बर २ काे पडरिया गाउमा मतदाताहरुसंग भेटघाट गर्दै नेकपा एमाले पार्टीबाट मेयर पदका उम्मेदवार रामदास चाैधरीले महाराजगन्ज नगरपालिकालाई छानाे मुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बाध्यताले छानाेकाे घरमा बस्दै आइरहेका गरिब तथा विपन्न परिवारले आफ्नाे पिडा चाैधरी संग पोखे पछि सबै जनताको समस्यालाई समाधान गर्नकाे लागि नेकपा एमाले पार्टीबाट आफुले मेयर पदमा उम्मेदवारी दिएको बताउनु भएको छ ।

नेकपा एमाले महाराजगन्जले चुनावी प्रचार प्रसारलाई तिव्रताकाे साथ घरदैलो कार्यक्रम गर्दै आइरहेको छ । घरदैलो कार्यक्रममा स्थानीयले आफ्नो समस्या राख्दै गरिब तथा विपन्न परिवारको समस्या समाधान गर्ने पार्टी भनेकाे नेकपा एमाले पार्टी नै रहेको जिकिर गरेका छ्न

घरदैलो कार्यक्रममा नेकपा एमाले पार्टीबाट वडा नम्बर २ वडा अध्यक्ष पदका उमेदवार माेहम्मद हुसेन धुनिया, वडा सदस्य कृष्णचन्द्र पासवान,इनुस मुसलमान, महिला सदस्य राधा यादव,र दलित महिला सदस्य कुश्मा काेरी लगायत नेकपा एमालेका समर्थकहरुकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०५-०१ , समय : १४:४५:५२ , २ वर्ष अगाडि