धनी राम कोरी , २९७ पटक हेरिएको
कपिलवस्तु ,कार्तिक २०
” भोकालाई भोजन , प्यासीलाई पानी ” भन्ने मूल नाराका साथ जय महाकाल युवा समूहले महाराजगञ्ज नगरपालिकामा उपशाखा गठन गरेको छ ।
शनिबार जयमहाकाल युवा समूह केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा राजेश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय महाराजगञ्ज उपशाखा गठन भएको हो । जसको उपाध्यक्षमा रामचन्द्र यादव , सचिवमा घनश्याम यादव , कोषाध्यक्षमा ओमकार गुप्ता , सहसचिवमा शुभम अग्रहरी रहेका छन् ।
यस्तै सदस्यहरूमा लवकुश कहांर, कमलेश कुमादुबे, अनुप त्रिपाठी, साहिल गुप्तालगायत रहेका छन् । नयाँ कार्य समितिलाई शुभकामना दिँदै केन्द्रीय समूहका पदाधिकारी एवम् कार्यक्रमका प्रमुख अतिथि बाबा बोलवमले हिन्दु सनातन धर्मका लागि फुटेर नभई जुटेर लाग्नु पर्नेमा जोड दिनु भएको छ।
सल्लाहकार समितिमा हनुमान प्रसाद गुप्ता , दीपक द्विवेदी अनि प्रेस सल्लाहकारमा धनी राम काेरी , दुर्गा प्रसाद काफ्ले र राम बहादुर गन्धर्व रहेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरूले पनि सबैलाई जय महाकालमा आबद्व भई मानव सेवामा लाग्नुपर्नेमा जोड दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । स्थानीय समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, केन्द्रीय सदस्य बाबा पराजुली, पारास भुसाल, सीता गौतम, सैनामैना नगरस्तरीय पदाधिकारी, बाणगंङ्गा नगरस्तरीय पदाधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रम केन्द्रीय सदस्य प्रेम यादवले गरेका थिए ।
प्रकाशित मिति: २०२२-११-०६ , समय : २३:२३:३२ , २ वर्ष अगाडि