भैरहवामा आज हिरोज अफ पब्लिक अवार्ड २०७९ हुदै

उर्मिला यादव यात्री , ३४९  पटक हेरिएको

भैरहवा, कार्तिक १९

रुपन्देही युवा सुमहले आज हिरोज अफ पब्लिक अवार्ड २०७९ प्रदान गर्दैछ । समाजमा विभिन्न बिधामा बिशिस्ठ योगदान पुराएका ब्यक्तित्वहरुलाइ रुपन्देही युवा समूहले हरेक बर्ष हिरोज अफ पब्लिक अवार्ड मार्फत सम्मान गर्दै आएको रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताले जानकारी दिनु भएको छ ।

हिरोज अफ पब्लिक अवार्ड २०७९ आज दिउसो २ बजे देखि होटेल पौवामा सुरु हुने आयोजकले जनाएको छ । रुपन्देही युवा समुहले २०७६ साल देखि हिरोज अफ पब्लिक अवार्ड प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : ११:४०:३८ , २ वर्ष अगाडि