बुटवल-तानसेन सडक खण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु

रुपन्देही खबर , ३०९  पटक हेरिएको

बुटवल, कार्तिक १८

बुटवल-तानसेन सडक खण्डको झुम्सामा बसको ठक्करबाट मोटरसाईकलमा सवार एकजनाको ज्यान गएको छ । आज दिउँसो २ः३० बजे भएको दुर्घटनाबाट स्याङ्जा चापाकोट ५ का ४१ वर्षिय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।

पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको ग् १६ प १४८६ नमबरको मोटरसाईललाई बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको प्रहरीले अनुसन्धान थालेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-०४ , समय : २२:२५:०० , २ वर्ष अगाडि