बझाङको सुर्मा गाउँपालीकामा नमुना मतदान सम्पन्न

उत्तमकुमार थापा , ४०९  पटक हेरिएको

बझाङ, कार्तिक १७

बझाङको सुर्मा गाउँपालीकामा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । यहीँ मँसिर ४ गते हुन गईरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे सन्दर्भमा निर्वाचन कार्यालय बझाङले सुर्मा गाउँपालीकामा नमुना मतदान गरेको हाे ।

निर्वाचन सभ्य भव्य र शान्त वातावरणमा सम्पन्न गर्न र मतदाताले मतदान गर्दा कसरी खसाल्दा सदर हुन्छ कसरी मतदान गर्नु पर्छ भन्ने सन्दर्भ लाई लिएर सुर्मा गाउँपालीकाका मतदातालाई मतदान गर्न सिकाइएको छ । नमुना मतदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल मतदान अधिकृत रहनुभएकाे थियो भने, अन्य कर्मचारी सुरक्षा निकायले सहज बाताबरण सिर्जना गरेका थिए ।

सुर्मा गाउँपालीकाकाे वडा नम्बर एकमा रहेको दाैलिचाैर माध्यमिक विद्यालयकाे प्राङ्गणमा मतदातालाई मतदान सम्वन्धि शिक्षा दिएकाे निर्वाचन कार्यालय बझाङका प्रमुख विमल प्रसाद गाैतमले बताउनु भएको छ ।

गएको निर्वाचन भन्दा यसपाली ४ वटा मतपत्र रहेका छन । मतदान गर्दा प्रत्यक्ष प्रतिनिधि सभा निर्वाचन प्रणाली,प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणाली,प्रत्यक्ष प्रदेश निर्वाचन प्रणाली प्रदेश समानुपातिक निर्वाचन प्रणाली गरि ४ मतपत्र प्रयाेग हुने निर्वाचन कार्यालय प्रमुख गाैतमले बताउनु भएको छ । निर्वाचन शान्त सभ्य भव्यरुपमा सम्पन्न गर्न सबैले सहयाेग गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति: २०२२-११-०३ , समय : ०७:०५:४९ , २ वर्ष अगाडि