विकासप्रेमी नेता बोहरालाई जिताउनुपर्ने विद्यार्थीहरुको भनाइ

रुपन्देही खबर , ३३६  पटक हेरिएको

भैरहवा, कार्तिक १६

विकासप्रेमी नेता दीपक बोहरालाई नै जिताउनुपर्ने विद्यार्थीहरुले बताएका छन् । रुपन्देही र क्षेत्र नम्बर ३ को विकासमा बोहराको योगदान महत्वपूर्ण रहेकोले अधुरा कामलाई पूर्णता दिन पनि बोहरालाई नै जिताउनुपर्ने उनीहरुको भनाइ छ ।

नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवारलाई विजयी गराउन तीनदलीय संयुक्त विद्यार्थी संगठनको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने विद्यार्थी नेताहरुले यस क्षेत्रको विकासका लागि क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा दीपक बोहरा र प्रदेशसभा ३ (क) मा महेन्द्र यादव र ३ (ख) मा तुल्सी प्रसाद चौधरीलाई जिताउनुपर्ने बताएका छन् ।

तीनदलीय संयुक्त विद्यार्थी संगठनको आयोजनामा बुधबार भैरहवामा आयोजना भएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले भैरहवा र यस क्षेत्रको विकासमा अहोरात्र खट्ने विकासप्रेमी नेता दीपक बोहरालाई जिताउनुपर्ने बताउनु भएको छ ‘स्थानीय तहको निर्वाचनको नतिजाले पनि राप्रपा, एमाले र जसपाका उम्मेदवारले निर्वाचन जितिसकेको भन्ने देखाइसकेको छ । भैरहवाको विकासका लागि गृहमन्त्री बालकृष्ण खाँणले के के काम गर्नुभयो भन्दै उहाले प्रश्न गर्नु भयो । आफूलाई लोकप्रिय नेता भनेर मात्र नहुने भएकाले काम गरेर देखाउने नेतालाई जनताले जिताउने उहाको भनाइ छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष निराजन बमले रुपन्देहीको विकासमा पूर्वमन्त्री दीपक बोहराको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाले गठबन्धन सरकारबाट मुलुकमा कुनै उपलब्धी नभएको बताउनु भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य उमापति बरईले रुपन्देहीको विकासका लागि दीपक बोहरालाई अत्याधिक मतका साथ जिताउनुपर्ने बताउनु भयो ।

अनेरास्ववियु केन्द्रीय सदस्य सरोज ठकुरीले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतले जिताउनुपर्ने बताउनु भएको छ ।यस्तै गरी राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले पूर्वमन्त्री दीपक बोहराको पहलमा रुपन्देहीमा धेरै काम भएको बताउनु भयो । उहाले विद्यार्थीहरुको समस्या समाधान गर्दै मुलुकमा रोजगारी पाउने गरी अघि बढ्ने बताउनु भएको छ ।

जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले मुलुक परिवर्तनमा युवा र विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । नेता यादवले गठबन्धन सरकारका कारण जनता महंगीको मारमा परेको बताउनु भएको छ ।

नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले मुलुकमा परिवर्तन ल्याउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहा महंगी र भ्रष्टाचारविरुद्ध विद्यार्थीहरुले आवाज उठाउँदै आएको बताउनु भयो । विद्यार्थी रोशन कुमार मिश्रा, अनिल कुमार गुप्ता लगायतले बोल्दै विद्यार्थीको समस्या समाधानमा केन्द्रीत हुन उम्मेदवारलाई ध्यान दिन आग्रह गर्नु भयो ।

प्रकाशित मिति: २०२२-११-०२ , समय : १४:४१:४० , २ वर्ष अगाडि