अपांगता भएका व्यक्तिहरुले भोग्नु परेको समस्या र भइरहेका प्रयास बारे छलफल

लक्ष्मी पाण्डे , ४०९  पटक हेरिएको

भैरहवा, कार्तिक १५

नेत्रहिन युवा संघ नेपाल र स्वीडेनका विभिन्न अपाङ्गता सम्बन्धी संघ संस्थाका पदाधिकारीहरु वीच अनुभव आदानप्रदान कार्यक्रम रुपन्देहीमा सम्पन्न भउको छ । मंगलबार भएको कार्यक्रममा रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता र नेत्रहिन युवा संघ नेपालका निर्देशक विश्वराम श्रेष्ठले सहजीकारण गर्नु भएको थियो ।

कार्यक्रममा स्वीडेनका तर्फबाट नोरा ,अग्रेज, थोर लगायतले स्वीडेनको अपांगता मामिला र सामाजिक दृष्टिकोणका बारेमा चर्चा गर्नु भएको थियो । नेपालका तर्फबाट समिक्षा ज्ञवाली, किशोर आचार्य, माधव कंडेल लगायतले नेपालमा अपांगता भएका व्यक्तिहरुले भोग्नु परेको समस्या र भइरहेका प्रयासबारे विश्लेषण गर्नु भएको थियो ।

नेत्रहिन युवा संघ रुपन्देहीका पहुँचयुक्त परियोजना अधिकृत लक्ष्मी पाण्डेले निर्वाचन पहुचँयुक्त निर्वाचन परियोजना अन्तर्गत भएका प्रयासबारे स्वीडेनको टिमले अनुगमन गर्ने पालिकाहरुमा समावेशी शिक्षाको बुधबार अन्र्तक्रिया गर्ने बताउनु भएको थियो ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : २०:३३:२८ , २ वर्ष अगाडि