समानुपातिकको बन्दसूचीमा परेर जरिवाना नबुझाएका उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्ने

रुपन्देही खबर , २४५  पटक हेरिएको

काठमाडौं ,कार्तिक ६

निर्वाचन आयोगले समानुपातिकको बन्दसूचीमा परेर जरिवाना नबुझाएका उम्मेदवारलाई कारबाही गर्ने भएको छ। ३८५ जनाको नाम हटाउने तयारी आयोगले गरेको छ 

गत  वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाएर तोकिएको जरिवाना नतिर्ने उम्मेदवारलाई बन्दसूचीबाट हटाउने निर्णय आयोगले यसअघि गरेको थियो। 

त्यही निर्णय अनुसार आयोगले शनिबारसम्म जरिवाना बुझाउने समय दिएको थियो। समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार यसबारे आज निर्णय हुनेछ। 

आयोगले स्थानीय तहको निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख २३ हजार भन्दा बढी उम्मेदवारलाई डेढ लाखदेखि साढे ७ लाखसम्म जरिवाना गराउने निर्णय भदौ ३१ गते गरिसकेको छ । जरिवाना नतिर्ने व्यक्तिले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले निर्णय गरेको छ ।

प्रकाशित मिति: २०२२-१०-२३ , समय : १०:२६:५६ , २ वर्ष अगाडि