पूर्वी नवलपरासीमा बस दुर्घटना हुदाँ २३ जना घाइते

रुपन्देही खबर , २४४  पटक हेरिएको

कावासाेती, कार्तिक ६

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताउनु भएको छ ।

घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएको जनाइएको छ।

बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिनु भयो ।

उहाका अनुसार घाइते सुर्खेत वीरेन्द्रनगर-१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका-९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका-२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका-१३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हाे।

प्रकाशित मिति: २०२२-१०-२३ , समय : १०:११:२२ , २ वर्ष अगाडि