कपिलवस्तुमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु,५ जना घाइते

रुपन्देही खबर , २२६  पटक हेरिएको

भैरहवा, कार्तिक ४

कपिलवस्तुमा शसस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा एकजना पैदल यात्रु सहित दुई जनाको मृत्यु भएको हो ।

जिल्लाको बाणगंगा नगरपालिका वाड नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा पैदल यात्रु बाणगँगा ३ का स्थानीय अमर संग्रामी मगर र सशस्त्र सहायक हवलदार रमेश चौधरीको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ५ जना घाइते भएको र उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम बस्नेतले जानकारी दिनु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको पनि एसपी बस्नेतले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-१०-२१ , समय : २३:५१:३२ , २ वर्ष अगाडि