रुपन्देही खबर , १०८८ पटक हेरिएको
नवलपरासी, कार्तिक १
सरावल गाउपालिकाको आयोजनामा ब्यवसायिक बँगुर बिकास कार्यक्रम अन्तर्गत बँगुर पालक कृषकहरुको लागि दुई दिने तालिम सरावलमा सम्पन्न भएको छ ।
सरावल गाउपालिका वडा नम्बर २ का कार्यबाहक वडाध्यक्ष तुफानी लाल गुप्ताको अध्यक्षता तथा सरावल गाउपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।
तालिममा पाठि खरिदको लागि सहभागी २५ जनालाई ५० प्रतिशत अनुदान बापत रु ४ हजार नगदका साथ साथै पौष्टिक आहार तथा भिटामिन औषधि समेत वितरण गरेको सरावल गाउपालिका अध्यक्ष चौधरीले जानकारी दिनु भएको छ ।
दुइ दिन सम्म संचालन भएको तालिमको सहजीकरण पशु शाखा प्रमुख यम अर्यालले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२२-१०-१८ , समय : १९:३३:०२ , २ वर्ष अगाडि