रुपन्देही खबर , ४३५ पटक हेरिएको
असोज २६
प्रतिनिधि सभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा ११४ सहित प्रदेशसभामा ४८३ जनाले मनोनयनपत्र फिर्ता लिएका छन् । यो उम्मेदवारी रद्द भएकाहरुको संख्या समेत हो ।
निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभामा कुल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको छ । प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ ।
बुधबार दिँउसोसम्म उम्मेदवारी फिर्ता लिने समयावधि तोकेको निर्वाचन आयोगले त्यसपछि उनीहरुको अन्तिम नामावली प्रकाशित गरेर निर्वाचन चिह्न समेत दिइसकेको छ ।
प्रकाशित मिति: २०२२-१०-१२ , समय : २०:४७:२९ , २ वर्ष अगाडि