बालिका बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ

रुपन्देही खबर , ५९८  पटक हेरिएको

भक्तपुर,असाेज २६

भक्तपुरमा बालिका बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । रातको समयमा ११ वर्षीया बालिका सुतिरहेको अवस्थामा कोठामा गएर बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल काठमाडौ बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

आराेपी सुनारलाई मंगलबार पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिनु भएको छ । उहाका अनुसार सुनारलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे ।

सूर्यविनायक नगरपालिका-२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई निजकै डेराकोठामा गई जबरजस्ती करणी गरेको कसुरमा सुनारलाई पक्राउ गरिएको उहाले जानकारी दिनु भयो । सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकृत पाण्डेले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-१०-१२ , समय : १०:००:५२ , २ वर्ष अगाडि