रुपन्देही खबर , ३०५ पटक हेरिएको
डडेलधुरा, असोज २४
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो ।
डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने उनको जन्म मिति ३१ जेठ २००२ लेखिएको छ । जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिनु भएको हो ।
उजुरीमा उहाले देउवाको उम्मेदवारी खारेजीको माग गर्नु भएको छ । डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गर्नु भएको छ। उहाले भन्नु भयो , ‘उजुरी परेको छ । उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको छ ।’देउवा विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उहाले बताउनु भएको छ । उहाले भन्नु भयो, ‘उजुरीमाथि छानबिन गर्न भोलिसम्म समय छ । भोलिसम्म हामी निर्णय गर्छौ ।’उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।
प्रकाशित मिति: २०२२-१०-१० , समय : १७:११:५२ , २ वर्ष अगाडि