माओवादी नेता बस्नेतद्वारा स्वतन्त्रबाट उम्मेदवारी दर्ता

रुपन्देही खबर , २२५  पटक हेरिएको

नवलपरासी, असोज २४

माओवादी केन्द्र पश्चिम नवलपरासीका नेता खड्ग बस्नेतले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

बस्नेतले नवलपरासी पश्चिम जिल्ला क्षेत्र नम्बर २ मा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । स्रोतका अनुसार माओवादी केन्द्रबाट टिकट दिने भने पनि अन्तिममा उहको टिकट खोसिएपछि खडगले स्वतन्त्रबाट चुनाव लड्ने निर्णय गर्नु भएको हो । माओवादी केन्द्रबाट चिनक कुर्मीले टिकट पाउनु भएको छ ।

आइतबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय नवलपरासीमा पुगेर उहाले  उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रकाशित मिति: २०२२-१०-१० , समय : १४:०३:२० , २ वर्ष अगाडि