रुपन्देही खबर , १९१ पटक हेरिएको
चितवन, असोज २४
चितवनमा प्रतिनिधिसभा सदस्यमा तीन सिटका लागि ५८ जनाको उमेदवारी परेको छ । चितवन १ मा २० जनाको उमेदवारी परेको छ ।
एमालेबाट सुरेन्द्र पाण्डे, कांग्रेसबाट विश्वनाथ पौडेल, कांग्रेसबाट बागी राजेन्द्रप्रसाद बुर्लाकोटी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकालले उम्मेदवारी दिनु भएको छ । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा ११ जना र १ (ख)मा नाैजनाको उम्मेदवारी परेको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनु भएको छ ।
प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर २ (क)मा ८ जना र क्षेत्र नं २ (ख)मा १४ जनाको उमेदवारी परेको उहाले बताउनु भएको छ ।
क्षेत्र नम्बर ३ मा २० जनाको उम्मेदवारी परेको छ । एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी, कांग्रेसबाट बागी दिनेश कोइराला र कांग्रेसबाट कारबाहीमा परेका जगन्नाथ पौडेलले उम्मेदवारी दिनु भएको छ । राप्रपाबाट विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिता बरालले उम्मेदवारी दिनु भएको छ । प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर ३ (क)मा आठ, क्षेत्र नम्बर ३ (ख) मा नाैजनाको उम्मेदवारी परेको छ । समयचक्र
प्रकाशित मिति: २०२२-१०-१० , समय : १३:३८:२० , २ वर्ष अगाडि