रुपन्देही क्षेत्र नं३ बाट गृहमन्त्री खाणद्वारा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता

रुपन्देही खबर , ४०५  पटक हेरिएको

भैरहवा, असोज २३

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

(गठबन्धन) तर्फ नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी नेपाल,नेपाल एकीकृत पार्टी समाजवादी, जनमोर्चाको संयुक्त उम्मेदवारीको रुपमा नेपाली काङ्ग्रेस बाट गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यो क्षेत्रको प्रदेशसभा तर्फ क्षेत्र नं ३ (क) बाट लोसपाका सन्तोष पाण्डे र (ख )बाट नेपाली काङ्ग्रेसका नेता रामचन्द्र ढकालले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रकाशित मिति: २०२२-१०-०९ , समय : १७:२४:०८ , २ वर्ष अगाडि