चुनावका लागि देशभर उम्मेदवारी दर्ता सुरु

रुपन्देही खबर , २९६  पटक हेरिएको

भैरहवा, असोज २३

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता छ ।

प्रकाशित मिति: २०२२-१०-०९ , समय : १२:२३:२६ , २ वर्ष अगाडि