सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

रामु भुसाल , ३२३  पटक हेरिएको

बर्दघाट, असोज १२

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा जनप्रतिनिधि, कर्मचारी र पत्रकार बीच सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अभिमुखीकरण गरिएकोे छ ।


कार्यक्रममा सहभागीलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि ऐन बारे जानकारी दिन अभिमुखीकरण गरिएको हो । पालिकामा नयाँ जनप्रतिनिधि आएको र कर्मचारीलाई समेत पुर्नताजगि गर्न आवश्यक रहेकाले कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको अध्यक्षता तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सुर्तिजन्य पदार्थ हानिकारक रहेको सबैलाई थाहा हुदाँ हुदै पनि सचेतनामा कमि हुनु दुखद रहेको बताउनु भयो ।


उहाले नगरपालिकाले योजनाबद्ध ढंगबाट सुर्तिजन्य पदार्थलाई नियन्त्रण तथा नियमन गर्ने बताउनु भयो । कार्यक्रममा बिशेष अतिथी नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले यस अघि २०७४ सालमा जनप्रतिनिधिहरुले नगरपालिकाको पहिलो नगर सभाले गरेको निर्णयलाई कार्यान्वयन गर्दै नियन्त्रणका लागि नयाँ ढंगबाट काम गर्न चाहेको उल्लेख गदै जनप्रतिनिधि, कर्मचारी र सरोकार वाला बिचको सहकार्यबाट मात्र नगरमा प्रभावकारी काम हुने बताउनु भयो ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले विगतका निर्णय राम्रो भएतापनि सार्थकता पाउन नसकेको बताउदै निर्णय कार्यान्वयनमा ब्यवसायी, टोल विकास सस्था, सञ्चारजगत, कर्मचारी र सरोकारवालाहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा शिक्षा शाखा प्रमुख लोक नाथ पन्थी, पत्रकार, रामु भुसाल, जनप्रतिनिधि लगायतले मन्तब्य राख्नु भएको थियो । सो अबसरमा नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले नगरमा पाउचमा प्याकेजिङ गरिएका सुर्तिजन्य पदार्थ निषेध गर्न निर्णय गरेको बताउदै प्लाष्टिक पाउचमा गुटखाका प्याकेटका कारण नगरको सौन्दर्य बिग्रने र दुर्ब्यसनिकै शुरुवात गुट्खाबाट हुदै आएकोले सुर्ति तथा गुट्खा बिक्रि वितरणमा पुर्ण प्रतिबन्ध लगाईएको बताउनु भयो।

सुर्ति तथा गृटखा सेवनबाट लाग्ने प्राणघातक रोगबाट बच्न र बचाउन यो अभियानले मद्धत गर्ने उदेश्यले यो अभियान सचालन गरिएकोमा अभियानलाई निरन्तरता दिनुपर्ने बताउनु भयो।

२०७७ साउन १ गतेबाट नगरमा पाउचमा प्याकेजिङ गरिएका सुर्तिजन्य पद्धार्थ बिक्रि वितरणमा रोक लगाइए पनि त्यो सार्थक हुन नसकेको सरोकारवालाहरुले बताएका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ शाखाका प्रमुख माधव ज्ञवाली र कृष्ण हरि पौडेलले गर्नु भएको थियो । सरकारी कार्यालयको एक सय मिटर आसपासको क्षेत्रमा सुतिजन्य पदार्थ बेच्न नपाइने, ऐनमा भएतापनि अनुगमनको पाटो फितलो हुदा सो कागजमा मात्र सिमित भएको र यस्ता कार्यक्रमले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अभियानले तिब्रता पाउनु पर्ने सहभागीहरुले बताएका छन।

प्रकाशित मिति: २०२२-०९-२८ , समय : २१:११:३७ , २ वर्ष अगाडि