उर्मिला यादव यात्री , ४६४ पटक हेरिएको
भैरहवा, असोज १०
रुपन्देही युवा समुहले आज भैरहवामा एक कार्यक्रमका बिच सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देही युवा समुहको अध्यक्ष बिशाल गुप्ताको अध्यक्षता तथा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा आज सदस्यता वितरण गरिएको हो ।
सदस्यता वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताले रुपन्देही युवा समुह एउटा शुद्ध सामाजिक संस्था भएको बताउनु भएको छ । यस संस्थाको माध्यम बाट विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुदै समाजमा बस्ने युवाहरूको क्षमता बिकास तथा उत्थान लगायत विभिन्न क्रियाकलाप गर्दै आएको उहाले जोड दिनुभयो ।
कार्यक्रममा संस्थापक गुप्ताले यस समूहले हरेक बर्ष विभिन्न बिधामा काम गरेका ब्यक्तिहरुलाई अवार्ड दिदै आएको समेत जानकारी दिनु भएको छ । समाजमा उदाहरणीय कार्य गरेको रुपन्देही युवा समुह ४ बर्षको अवधिमा नै कामको मूल्याकंनको आधारमा रास्ट्रपतिबाट पुरस्कृत समेत भैसकेको बताउनु भएको थियो ।
रुपन्देहीको भैरहवामा आज ५ जनालाइ प्रमाणपत्र प्रदान गर्दै सदस्यता बिस्तार गरिएको समुहको अध्यक्ष बिशाल गुप्ताले जानकारी दिनु भएको छ । सदस्यता लिनेमा उर्मिला यादव, कमला भट्टराई ,कोपिला मरासिनी, पुजा न्यौपाने शाक्य र दिक्षा श्रीवास्तव रहनु भएको छ । सदस्यता बिस्तारलाइ निरन्तरता दिदै जाने अध्यक्ष गुप्ताले जोड दिनु भएको छ ।
कार्यक्रममा समुहका जिल्ला उपाध्यक्ष प्रकाश हरिजन, जिल्ला कोषाध्यक्ष अभिशेक जैसवाल,जिल्ला सचीव बिशाल थापा, तिलोत्तमाका कोषाध्यक्ष सुनिल न्यौपाने र सदस्यहरु लगायतको सहभागीता रहेको थियो । अहिले रुपन्देही युवा समुहमा जिल्लाभर गरी २ सय भन्दा बढी सदस्य रहेका छ्न ।
प्रकाशित मिति: २०२२-०९-२६ , समय : २३:२२:१० , २ वर्ष अगाडि