थारु मोर्चाको दुईदिने राष्ट्रिय सम्मेलन नवलपरासीको बर्दघाटमा सम्पन

अध्यक्षमा रामजी चाैधरी निर्वाचित

पप्पु रेग्मी , ३३७  पटक हेरिएको

बर्दघाट, असोज ९

अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको दुई दिने प्रथम राष्ट्रिय सम्मेलन पश्चिम नवलपरासीको बर्दघाट–४ दिब्यनगरस्थित दिब्य ज्योति बौद्धविहारमा सम्पन्न भएकाे छ । राष्ट्रिय सम्मेलनले मिटरब्याजी तथा लघुबित्तबाट पीडित भएकाहरुको न्यायपुर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउने प्रस्ताव पारित गरेको नव निर्वाचित अध्यक्ष रामजी चाैधरीले बताउनु भएको छ ।

सम्मेलनले मजदुर तथा किसानको न्यायपुर्ण संर्घषमा समर्थन गर्दै, भारतबाट कब्जा गरिएको नेपाली भुमि फिर्ता गर्नुपर्ने, थारु स्वशासन तथा सबै उत्पिडितवर्गलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिएको अध्यक्ष चाैधरीले बताउनु भयो ।

साथै माेर्चाले राष्ट्रघाती नागरिकता बिधेयक तथा एमसीसी सम्झौताको खारेजी गर्नुपर्ने ठहर गर्दै आसन्न प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने निर्णय समेत गरेकाे अध्यक्ष चाैधरीले जानकारी दिनु भएको छ । सम्मेलनमा रामजी चौधरीको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचनबाट निर्वाचित भएका छन् जसकाे उपाध्यक्षमा आशिष चौधरी, महासचिवमा दुर्गानारायण थारु, सचिवमा बिन्तीराम चौधरी, कोषाध्यक्षमा नारायण प्रसाद चौधरी रहेका छन।

यस्तै गरि सदस्यहरुमा रामविलास चौधरी, मुक्तमाया महतो, फिरल महतो, बुनीलाल चौधरी, देवानन्द चौधरी, जगदीश डगौरा थारु निर्वाचित भएका हुन ।

प्रथम राष्ट्रिय दुई दिने सम्मेलन भब्य र सभ्य तरिकाले सम्पन्न भएकाे महासचिव दुर्गानारायण थारुले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-०९-२५ , समय : ०८:२६:११ , २ वर्ष अगाडि