मर्चवारका विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्दै इभोलुसन एजुकेशन ईन्स्टिच्युट

ज्ञानेश्वर उपाध्याय , १८०१  पटक हेरिएको

मर्चवार,असोज ८

मर्चवारको एक शैक्षिक संस्थाले आफ्नो स्थापनाकालको छोटो अवधीमा नै धेरै बिद्यार्थीहरुको भविष्य सुनिश्चित गर्न सफल भएको छ । इभोलुसन एजुकेशन ईन्स्टिच्युट नाम गरेको सो शैक्षिक संस्थाले आज एक सम्मान समारोहका बिच सिटिइभिटी प्रवेश परिक्षामा उक्त संस्थामा तैयारी कक्षा अध्ययन गरेका २७ जना विद्यार्थीहरु मध्येबाट २४ जनाले उक्त परिक्षामा उतिर्ण भएका विद्यार्थीहरुको सम्मान गरि उनीहरुको भबिस्य सुनिश्चित गराउन सफल भएको हो ।

सो सम्मान कार्यक्रमको अध्यक्षमा संस्थाको संस्थापक निरंजन कुर्मी, प्रमुख अतिथी सांसद प्रमोद कुमार यादव , बिशिष्ट अतिथीमा बिधायक अष्टभुजा पाठक , मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरइ, मर्चवारी गाउपालिका उपाध्यक्ष आशा सिंह, सम्मरीमाई गाउपालिका पुर्ब अध्यक्ष जितेन्द्रनाथ शुक्ला लगायत विभिन्न वडाका वडा अध्यक्ष तथा शिक्षक,अभिभावक र बिद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको मन्तव्यका क्रममा प्रमुख अतिथी सांसद यादवले आफ्नो स्थापनाकालको छोटो अवधिमा नै २७ जना अध्ययनरत विद्यार्थीहरु मध्ये २४ जनाले नाम निकाल्न सक्नु भनेको हाम्रो लागि उदाहरणिय संस्थाको रुपमा चिनिएको बताउनु भएको छ। ,यो क्षेत्रको बिकास २०७४ भन्दा यता धेरै नै भएको र जनताले त्यो अनुभुती गरेको समेत बताउनु भएको छ।

सो कार्यक्रमको बिशिष्ट अतिथी अष्टभुजा पाठकले पनि मर्चवारको समग्र बिकासको लागि हामी दिनरात न भनि खटेका बताउनु भएको छ ।यस्ता संघस्ंस्थाहरुलाई हामी सबैले सहयोग गर्नुपर्ने बताउदै दशैतिहारको शुभकामना समेत दिनु भएको थियो। कार्यक्रम मर्चवारी वडा नं ५ ओडवलियामा सम्पन्न भएको थियो भने सो कार्यक्रमको संचालन राममिलन प्रजापतिले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-२४ , समय : १८:४८:३५ , २ वर्ष अगाडि