मर्चवार बौद्धिक समाज-नेपाल गठन , अध्यक्षमा अन्सारी

रुपन्देही खबर , ४४१  पटक हेरिएको

मर्चवार, असोज ५

रुपन्देहीको मर्चवारको सर्वांगीण विकास र बौद्धिक वर्गको सकरात्मक प्रयास भन्ने मुल नाराका साथ मझँगावामा बुद्धिजीवी वर्गको एक साधारण भेला सम्पन्न भएको छ । मर्चवार क्षेत्रका उच्च बौद्धिक वर्गको एक सम्मेलनमा सहभागी अधिकांश वक्ताहरुले त्यस क्षेत्रमा व्याप्त समाजिक, शैक्षिक कुरिती, विसङ्गतीहरु उपयुक्त मार्गदर्शनको अभावमा समाप्त हुन नसकेको निष्कर्ष निकालेको छ ।

त्यहाँको शैक्षिक गुणस्तर राष्ट्रीय स्तरमा त्यति अभिलेखमूलक बन्न नसकेको प्रति उक्त कार्यक्रमका सहभागी बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छ्न । आफ्नो निजी र नितान्त ब्यक्तिगत स्वार्थ त्यागेर जातपात र सवै संकीर्णता भन्दा माथि उठेर शिक्षा र समाजको क्रान्तिकारी रुपान्तरण गर्न सबै सकरात्मक र सम्वेदनशील भई दृढ रूपमा लाग्नु पर्नेमा अधिकांशको ठहर छ ।

संविधान दिवसको अवसरमा मर्चवारका बुद्धिजीवीहरू द्वारा आयोजित मर्चवारकाे सर्वांगीण विकासका लागि बौद्धिक संगठनको निर्माणको आवश्यकता सम्बन्धी साधारण भेला तथा अन्तरक्रिया कार्यक्रममा भब्यताका साथ सम्पन्न भएको छ ।

उक्त भेलाले कलामुद्दिन अन्सारीको अध्यक्षतामा ९ सदस्यीय मर्चवार बाैद्धिक समाज- नेपाल (मिसन ) नामक संस्थाको तदर्थ समिति गठन गरेको छ । उक्त संस्थाकाे उपाध्यक्षमा संगीता गुप्ता, सचिवमा महेश प्रसाद गुप्ता, सह-सचिवमा रमेश कुर्मी, कोषाध्यक्षमा शिवनन्दन जयसवाल र सह-कोषाध्यक्ष रञ्जना साहनी रहनु भएको छ । त्यस्तै संस्थाका सदस्यमा कुमारी सुमित्रा तेली, नरभूपाल यादव र रामसरन यादव चयन हुनु भएको छ ।

उक्त साधारण भेलाले मिसनको सल्लाहाकारको रुपमा डा. समिद अहमद, सन्तलाल राजभर, मोलहु जयसवाल प्रतीक, श्रीओम साहनी, तीरथ विश्वकर्मा, अमरनाथ यादव, विनोद कुमार बरई, पप्पु प्रसाद यादव, नन्दलाल कुर्मी, अमित गुप्ता आदिलाई चयन गरेकाे छ ।

मिसनको विधान मस्यौदा निर्माण समितिको संयोजकमा शिवनन्दन जयसवाल, सदस्यमा महेश प्रसाद गुप्ता र कलामुद्दिन अन्सारी चयन हुनु भएको छ। उक्त कार्यक्रममा अध्यक्षता कार्यक्रमका संयोजक कलामुद्दिन अन्सारीले गर्नु भएको थियो भने स्वागत मन्तव्य राम सरन यादवको रहेको थियो । दीपेन्द्र यादवले कार्यक्रमको समिक्षा र कुमारी सुमित्रा तेलीले धन्यबाद ज्ञापन गर्नु भएको कार्यक्रमको संचालन भने शिवनन्दन जयसवालले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-२१ , समय : १०:३१:३९ , २ वर्ष अगाडि