फुटवयर भैरहवा डान्सिंग सुपर स्टार सिजन टु सम्पन्न

रुपन्देही खबर , १९५१  पटक हेरिएको

भैरहवा, भदौ ३

रुद्रदेवी कला केन्द भैरहवाको आयोजनामा असोज १ गते शनिवार मिलानो फुटवयर भैरहवा डान्सिंग सुपर स्टार सिजन टु सम्पन्न भएको छ ।
कक्षा १ देखि ७ सम्म अध्यनरत विधार्थीहरुको आत्मबल र नृत्य कौशल अभिवृद्धि होस् भन्ने अभिप्रायले उक्त प्रतियोगीता आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै कला केन्द्रका संचालक सुनिल गुप्ताले यस किसिमको रियालिटी शो ले प्रतिभाशाली कलाकारको क्षमतालाई पहिचान गर्न सहज हुने बताउनुभयो । उहाँले कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन आफु र आफ्नो सिंगो टिम सदैव लागि परेको समेत जानकारी दिनुभयो ।

प्रतियोगितामा निर्णायक मण्डलको मुल्यांकन तर्फ शुभांगी आर एल राना विजेता, आचल थापा फस्ट रनर अप तथा आराध्या सिंह सेकेन्ड रनर अप बन्न सफल भएका थिए ।


कार्यक्रमको भिवर्स चोइस तर्फ बाट प्रिस्कीला आले मगर विजेता, योग्यता गिरि फस्ट रनर अप तथा व्रिस्टि क्षेत्री सेकेन्ड रनर अप बन्न सफल भएका छन् ।

निर्णायक मण्डलको विजेता ले नगद रु. १४,९९९, फस्ट रनर अप सेकेन्ड रनर अपले क्रमसः रु.९,९९९ र ४,९९९ साथमा प्रमाण पत्र, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसै गरि भिवर्स चोइस तर्फ को विजेता ले नगद रु. ४९,९९९, फस्ट रनर अप सेकेन्ड रनर अपले क्रमसः रु.२९,९९९ र ९,९९९ साथमा प्रमाण पत्र, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

सम्पूर्ण विजेताले म्युजिक भिडियोमा खेल्ने अवसर को साथै टप फाइनालिस्ट सम्पूर्ण लाइ ३ वर्षे टि-डिप्लोमा डान्स कक्षा निशुल्क दिईने कुराको जानकारी आयोजकले दिएको छ । भैरहवाको होटल पौवामा संचालित ग्रान्ड फिनाले कार्यक्रमको अडिसन असार ५ गते दखि शुरु भएको हो ।

प्रमुख प्रायोजकको रुपमा मिलानो फुट वेयर रहेको कार्यक्रम प्रतियोगिताको विभिन्न चरण पार गर्दै करिब २ महिना पश्चात फाइनल सम्पन्न भएको हो ।
कार्यक्रम रुद्र देवी कला केन्द भैरहवाका संचालक सुनिल गुप्ताको अध्यक्षता सामाजिक अभियन्ता एवं समाजशास्त्री प्रख्यात बन्जाडेको प्रमुख आतिथ्यता तथा संचारकर्मी चित्र गुरुङ र एलिना आचार्यको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति: २०२२-०९-१९ , समय : ११:२६:२६ , २ वर्ष अगाडि