विवेक विश्वकर्मा , २९७ पटक हेरिएको
भैरहवा, भदौ ३१
रुपन्देहीको ओमसतिया गाउँपालिकाको कार्यालयमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ विषयक गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको आयोजनमा भएको कार्यक्रममा आयोगका प्रहरी निरीक्षक विनोद श्रेष्ठले अख्तियार आयोगको काम, कर्तव्य र अधिकारसँगै गाउँपालिकाबाट अख्तियारमा परेका उजुरीको संख्या, कुन पालिकाबाट कति, कुन–कुन शीर्षकका उजुरी लगायतका तथ्यांकहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले “हामी कानुनको विज्ञ नभएको र यस कार्यक्रमले सम्पुर्ण जनप्रतिनिधिहरुलाई मार्ग दर्शन दिने बताउँदै, आफ्नो कार्यकालमा भ्रष्टाचार नगर्ने र गर्न समेत नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुलाई भ्रष्टाचार गर्ने चिन्तन नआउन, भन्ने हेतुले अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय बुटवलले कार्यक्रमको आयोजना गरेको कार्यक्रमका अध्यक्ष तथा आयोगका उपसचिव रामकृष्ण अधिकारीले बताउनु भएको छ ।
कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनू) ,उपाध्यक्ष सुनिता चौधरी ,प्रमुख प्रशासकीय अधिकृत सागर गौतम ,लेखा आर्थिक शाखा प्रमुख कमल शर्मा ,ओमसतिया वडा नम्बर १ का वडा अध्यक्ष बेलप्रसाद बराल मगर , वडा नं २ का वडा अध्यक्ष सितल जि.टी., वडा नं ३ का वडा अध्यक्ष प्रकाश सिह चौधरी , वडा नं ४ का वडा अध्यक्ष अखिलेश्वर कुमार पाण्डे , वडा नं ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल , वडा नं ६ का वडा अध्यक्ष शिवकुमार धवल र गाउँपालिकाका सम्मुर्ण शाखा प्रमुख , वडाका वडासचिव लगायतको उपस्थित रहेको कार्यक्रम संचालक विरेन्द्र कार्कीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२२-०९-१६ , समय : २१:३२:०३ , २ वर्ष अगाडि