रिभलवर पेस्तोल सहित रुपन्देहीमा एक जना पक्राउ

उर्मिला यादव यात्री , ७८२  पटक हेरिएको

बुटवल, भदौ ३१

रुपन्देहीमा रिभलवर पेस्तोल सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला बाग्लुंग दगातुन्डाडा गाबिस वडा नम्बर १ स्थायी घर भएको हाल बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर बस्ने ३३ बर्षिय सन्तोष सलामी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नम्बर ९ ईटाभटटी स्थित रहेको होटल नमोबुद्धमा शंकास्पद अवस्थामा बसेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले चेकजाच गर्दा काठको बिड भएको रिभलवर पेस्तोल एक थान ,पेस्तोेलमा लोड भएको गोली एक थान र अन्य गोली २ थान सहित सलामीलाई पक्राउ गरीएको हो । पक्राउ परेका सलामीको बारेमा जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमति लिइ अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्र्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०९-१६ , समय : २१:१२:४१ , २ वर्ष अगाडि