बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ सम्पन्न

रुपन्देही खबर , ४६९  पटक हेरिएको

भदौ २७

नेपालका चर्चित सारंगी बादक, गायक, गीतकार तथा संगीतकार हेमन्त कान्छा रसाइलीको बेलायतमा एकल सारङ्गी साँझ सम्पन्न भएको छ । मन ट्राभलको आयोजनामा भएको सारंगी साँझमा उनले आफूले अहिलेसम्म गाएका गीतहरुमा दिएका धुन र उनले भरेका १२ हजार गीतमध्ये सबैभन्दा चल्तिका सारंगीको धुनसमेत सारंगी साँझमा सुनाएका छन् ।

४८ भन्दा बढी गीतहरूमा आवाज सँगै सङ्गीत रचना उनी आफ्नो कलामार्फत् विभिन्न सारंगीको धुन र गीतमार्फत् बेलायतबासीलाई भरपुर मनोरञ्जन दिएका थिए ।

विगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक तथा सारंगी वादक रसाइलीको सारंगी साँझ २५ भदौ (१० सेप्टेम्बर) मा अल्डरसटस्थित एम्पायर हलमा सम्पन्नभएको छ ।

म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठ डाँडामा जन्मिएका हेमन्तले यस कार्यक्रम गर्नुको विषेश उद्देश्य भनेकै सारंगीको संरक्षण रहेको बताएका छ्न ।

गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यतामा भएको एकल साँझमा उनले गाएका बालापन, भाग्यमानी, किन होला खै, लाहुर, फूल रोको कसले देख्छ र, कर्मै हाराको, रेलको ढोका बनलागायत झलकमान गन्धर्वको सम्झनामा हे बरै जस्ता कालजयी गीतहरु गुन्जएमान हुने र कार्यक्रमको अन्तिम चरणमा विमला र हेमन्तले लाइभ दोहोरी गाएर सबै दर्शकलाई नचाउने कार्यक्रम समेत रहेको उनले बताएका छ्न ।

कार्यक्रममा करिब ५०० को हाराहारीमा बेलायतबासी नेपाली दर्शहरुको उपस्थीति रहेको थियो । कलाकार हेमन्त कान्छा रसाईलीले एकल सारङ्गी साँझ सफल पारिदिएकोमा बेलायतवासी नेपालीलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति: २०२२-०९-१२ , समय : १८:५८:४२ , २ वर्ष अगाडि