उर्मिला यादव यात्री , ४४६ पटक हेरिएको
नवलपरासी, भदौ २६
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुई महिना भित्रमा ४४ लाख चौतिस हजार ६ सय रुपैया मुल्य बराबरको अबैध सामानहरु बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले राजस्व छली गरी ल्याएको अबैध सामान बरामद गरेको हो । बरामद भएको सामानहरु आवश्यक कारवाहीकका लागी महेशपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
यस्तै गरी अबैध रुपमा भन्सार छलि चोरी गरि ल्याएको सामानहरु मध्ये १९ लाख १८ हजार ३ सय रुपैया बराबरको लत्ता कपडा, १६ लाख ४४ हजार ५ सय ६० रुपैया बराबरको खाद्यान्न, २ लाख १हजार २सय रुपैंया बराबरको हार्डवेयरको सामान, १ लाख ६७ हजार २ सय रुपैंया बराबरको ईलेक्ट्रोनिक्स सामान, ३ लाख ४४ हजार रुपैंया बराबरको कवाडको सामान, ९४ हजार रुपैंया बराबरको मल, ५ हजार रुपैंया बराबरको अबैध मदिरा सोफी, ४९ हजार ८ सय ४० रुपैंया बराबरको मोटर पार्टस र १० हजार ,७ सय रुपैंया बराबरको अबैध कुखुरा बरामद गरि भन्सार कार्यालय महेशपुर पठाएको हो ।
यस्तै गरी प्रहरी टोलीले बरामद गरेको उक्त अबैध सामानहरु बोक्न प्रयोग हुने २ वटा मोटर साइकल, १ वटा ट्याक्टर र १ वटा पिक अप भ्यान समेत नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागि सोही कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेय बताउनु भएको छ ।
यस्तै गरी गत साउन १ गते देखि भाद्र २५ गते सम्मको अबधीमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरु बाट सो अबधीको बिभिन्न मितिमा खटिएको प्रहरी टोलीले अदालतबाट जरिवाना तथा कैद फैसला भई फरार रहेका १५ जना फरार प्रतिबादीहरुलाई समेत पक्राउ गरेको छ ।
पक्राउ परेका फरार प्रतिवादीहरुलाई आबश्यक फैसला कार्यान्वयनको लागि जिल्ला अदालत परासीमा पठाइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका १५ जना फरार प्रतिबादीहरुबाट १ बर्ष १ महिना ९ दिन कैद र ३ लाख २४ हजार १ सय १९ रुपैंया जरिवाना रकम भुक्तानी गराइएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२२-०९-११ , समय : १९:०७:०१ , २ वर्ष अगाडि