रुपन्देही खबर , ४३१ पटक हेरिएको
कृष्णनगर, भाद्र २४
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा रहेको सिराजुल उलुम मदरसाको हलमा एक कार्यक्रमका बिच मदरसामा अध्ययनरत १५० विद्यार्थीहरुलाई हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा झोला तथा प्रमाणपत्र वितरण गरिएको छ ।
कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको सिराजुल उलुम मदरसाको हलमा स्लामिक धर्मको ज्ञान दिने , शैक्षिक प्रशिक्षण तथा अरबी भाषामा कसरी निपूर्ण हुने उद्देश्यका साथ सेप्टेम्बर ५ देखि ८ तारिख सम्म ऐ रिफरेसर कोर्स सम्बंधि विद्यार्थी लाई प्रशिक्षण दिइएको छ । उक्त प्रशिक्षण कार्यक्रममा विभिन्न वक्ताहरूले विभिन्न बिषयमा मदरसाका विद्यार्थीहरूलाई प्रकाश पारेका थिए ।
विहिवार भएको समापन कार्यक्रमको प्रमुख अतिथि जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष समिम अहमद नदवी रहनु भएको थियो । उहालाई आज शैक्षिक तथा धार्मिक क्षेत्रमा गरेको योगदानको कदर स्वरूप हेरा शैक्षिक तथा मानवीय सेवा समाजले सम्मान समेत गरेको छ । नदवीले मदरसाका विद्यार्थी लाई झोला तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
हेरा शैक्षिक तथा मानवीय सेवा समाजले नेपाल भित्र शिक्षा स्वास्थ्य तथा रोजगारको क्षेत्रमा बर्षो देखि सराहनीय कार्य गर्दै आएको कुरा प्रशंसनीय रहेको लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष तथा जामिया सिराजुल उलुमका प्रवक्ता मौलाना मशहुद खां नेपालीले बताउनु भएको छ ।
कहिले गरिब परिवारमा खाद्यान्न वितरण, कहिले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण लगायत अन्य सहयोग समाजमा आफूहरू गरिरहने हेरा शैक्षिक तथा मानवीय सेवा समाजका अध्यक्ष शैख जैस मक्कीले बताउनु भयो ।
कार्यक्रममा शैख अब्दुल रशिद मदनी, अरशद राशिद मक्की, इरसाद रशिद मक्की, खालिद रशीद सिराजी, अबरार अहमद मक्की, मदरसा खदिजुल कुबराका अध्यक्ष मौलाना अब्दुल अजिम मदनीले विद्यार्थीहरूको उज्जवल भबिस्यको कामना गर्दै आ आफ्नो मन्तव्य दिनु भएका थियो ।
प्रकाशित मिति: २०२२-०९-०९ , समय : १३:२९:३५ , २ वर्ष अगाडि