रुपन्देही क्षेत्र नम्बर ४ ख बाट लोसपा नेता यादवको नाम सिफारिस

उर्मिला यादव यात्री , ६६३  पटक हेरिएको

भैरहवा, भदौ २३

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रुपन्देहीले क्षेत्र नम्बर ४ (ख ) बाट लुम्बिनी प्रदेश सभा सदस्य उम्मेदवारका लागि रामु यादव लगायत तीन जनाको नाम सिफारिस गरेको छ ।

२०५३ साल देखि सद्भावना पार्टीबाट राजतनीति सुरु गरि हाल लोसपाको लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्य रहनु भएको रामु यादव गत निर्वाचनमा संघीय समाजबादी फोरम बाट सोही क्षेत्रमा प्रदेश सभा पदमा उम्मेदवारी दिनु भएको थियो ।

लोसपाको रुपन्देही -४ को क्षेत्रिय समितीको बैठकले रामु यादव , राम गनेश पाल , मोहन लालको नाम सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ ख को क्षेत्रीय अध्यक्ष राम अधारे यादव बताउनु भएको छ ।

सर्वसम्मत रुपमा नाम सिफारिस गरिएकोले उक्त क्षेत्रमा यादव, पाल र लाल मध्ये नै उम्मेदवार हुने देखिएको क्षेत्रीय अध्यक्ष यादवले बताउनुभयो ।

प्रकाशित मिति: २०२२-०९-०८ , समय : १८:०३:५४ , २ वर्ष अगाडि