रुपन्देही क्षेत्र न. २ बाट पहाडी सर्वसम्मत सिफारिश

रुपन्देही खबर , ३३४  पटक हेरिएको

बुटवल , भदौ २०

नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग संविधानसभा सदस्य विनोद पहाडीलाई भिडाउने भएको छ । नेकपा माओवादी केन्द्र २ नम्बर निर्वाचन क्षेत्रिय कमिटिको सोमबार बुटवलमा बसेको बैठकले प्रतिनिसभातर्फ निर्वाचन क्षेत्र न. २ बाट पहाडीलाई सर्वसम्मत रुपमा सिफारिश गर्ने निर्णय गरेको हो ।

 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पहाडीलाई क्षेत्रिय कमिटिको बैठकले एकल सिफारिश गरेको जिल्ला अध्यक्ष नारायण जिसि ‘निर्मल’ ले जानकारी दिनु भएको छ । उहाका अनुसार क्षेत्रिय कमिटिले प्रदेश कमिटिलाई सिफारिश गरेको हो ।

 

त्यस्तै प्रदेशसभा तर्फ २ को २ मा वामदेव क्षेत्री, जिल्ला अध्यक्ष निर्मल जिसिलाई सिफारिश गर्ने निर्णय गरेको छ । त्यसैगरि प्रदेशभा २ को १ तर्फ पुष्पराज ढकाल, मनोज राना, हुृमनाथ न्यौपाने र बेलप्रसाद गौतमलाई सिफारिश गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ । बैठक क्षेत्रिय कमिटि अध्यक्ष मनोज रानाको अध्यक्षता एंव सचिव विष्णु ढकालको सञ्चालनमा सम्पन्न भएको हो

 

प्रकाशित मिति: २०२२-०९-०५ , समय : २१:००:१९ , २ वर्ष अगाडि