रोहिणी १ कुस्मीमा बन्ने झोलुंगे पुल निर्माणका लागि एक अध्ययन टोलीद्वारा स्थलगत निरीक्षण

रुपन्देही खबर , २७०  पटक हेरिएको

भैरहवा, भदौ १९

रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित कुस्मीमा बन्ने झोलुंगे पुल निर्माणका लागि एक अध्ययन टोली आइतबार पुल निर्माणस्थलमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएको टोलीले स्थलगत निरीक्षण गर्दै यहाँको अवस्थाबारे जानकारी लिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ

 


उहाले १ करोड २० लाखको लागतमा रोहिणी गाउँपालिका–१ र २ लाई जोड्ने पुल निर्माणपछि स्थानीयबासीलाई आवातजावतमा सहज हुने विश्वास समेत व्यक्त गर्नु भएको छ ।

त्यस्तै रोहिणी गाउँपालिका–२ स्थित बैरिहवामा पक्की पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको यादवले बताउनु भएको छ । निर्वाचनमा जनतामाझ वाचा गरेका कामहरु क्रमशः पुरा गर्दै जाने अध्यक्ष यादवले जोड दिनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०९-०४ , समय : १४:४४:५३ , २ वर्ष अगाडि