रुपन्देही–१ बाट कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाक सर्वसम्मत सिफारिस

रुपन्देही खबर , ३४९  पटक हेरिएको

 भैरहवा, भदौ १९                                                       आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनु भएको छ । केन्द्रीय सदस्य रज्जाकलाई प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत सिफारिस गरिएको कांग्रेस क्षेत्र नम्बर १ का सभापति तथा देवदह नगरपालिकाका निवर्तमान प्रमुख हिरा बहादुर खत्रीले बताउनु भएको छ ।                                                                          त्यस्तै प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (क)का लागि पूर्व क्षेत्रीय सभापति विश्वनाथ यादवलाई सर्वसम्मत सिफारिस गरिएको खत्रीले जानकारी दिनु भएको छ  । त्यस्तै प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (२) बाट पनि उम्मेदवारहरु सिफारिस गरिएको उहाले बताउनु भयो ।

प्रकाशित मिति: २०२२-०९-०४ , समय : ००:३६:४५ , २ वर्ष अगाडि