हत्या गरि फरार रहेका मुराव १९ महिनापछि रुपन्देही बाट पक्राउ

रुपन्देही खबर , ५९०  पटक हेरिएको

बुटवल, भदौ १८

आफ्नो प्रेमिकाको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई रुपन्देही प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक युवतीको हत्यामा संलग्न भएको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ७ का ३६ वर्षिय काशिराम मुरावलाई सालझण्डी प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको हो ।

 

शव फेला परेपछि पनि सनाखत हुन नसकि झण्डै डेढवर्ष सम्म थन्किएको घटनाको अनुसन्धान गरि प्रहरीले हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीका अनुसार शवसँगै भेटिएको घडी, शवको फोटोमा देखिएको टाटु तथा फोटोमै देखिएको अनुहारको बनोटका आधारमा झण्डै २ महिना अगाडि मात्र शवको सनाखत भएको थियो । प्रहरीले सार्वजनिक गरेको फोटोका आधारमा मृतकका बुवा ७० वर्षिय भक्तिराम अर्यालले शवको सनाखत गरेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

७ महिनाको गर्भवती रहेकी गुल्मी साबिक अर्खवाङकी ३४ वर्षिया बसन्ता भन्ने धनकुमारी अर्यालको हत्या गरेको पक्राउ परेका मुराउले प्रहरीलाइ बताएका छ्न । मृतक वसन्ता र पक्राउ परेका काशीराम मुराउबीच विगत ४ बर्ष पहिले देखी प्रेम सन्बन्ध रहेकोमा मुराउको घरमा श्रीमती, तीन छोरी र एक छोरा समेत रहेको प्रहरीले जनाएको छ । बसन्ताको अवैध सम्बन्धबाट गर्भ रहन गएकाले अभियुक्त मुराउले प्रेमीका वसन्तालाई जंगलमा लगी घाँँटी थिचेर हत्या गरी रुखमा बाँधेर फरार रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनु भएको छ ।

 

मुराउलाई पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीवाट सातदिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

 

श्रोत:खबरकुरा

प्रकाशित मिति: २०२२-०९-०३ , समय : १०:५५:१९ , २ वर्ष अगाडि