शुद्धाेधनमा याेगदान राष्ट्रकाे लागि पालिकास्तरीय समिति गठन 

अध्यक्षमा धर्मेन्द्र पासी

धनी राम कोरी , २६१  पटक हेरिएको

कपिलवस्तु, भदौ १८

कपिलवस्तु जिल्लाको शुद्धाेधन गाउँपालिकामा ” प्राथमिक उपचार हाम्रो सराेकार ” भन्ने मुल नाराका साथ याेगदान राष्ट्रकाे लागि पालिका स्तरीय समितिकाे अध्यक्षमा धर्मेन्द्र पासी चयन हुनु भएको छ ।

त्यसै गरी उपाध्यक्षमा शेषमती मल्लाह , सचिवमा सन्तोष चौधरी , काेषाध्यक्षमा सन्तोष कलवार , सदस्यहरुमा राम प्रसाद हरिजन , संदीप लाेध ,र दुर्गेश यादव चयन भएका छन् ।

शुद्धाेधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चाैधरीले नव निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै यस योगदान राष्टको लागि संस्था सँग सधैं सहकार्य गर्ने बताउनु भयो । गाउँपालिका भित्र एकदम सक्रिय भएर काम गर्नकाे लागि गाउँपालिका अध्यक्ष चाैधरीले आग्रह समेत गर्नु भएको छ ।

याेगदान राष्ट्रकाे लागि कपिलवस्तु जिल्लाका अध्यक्ष राम शब्द यादवले जिल्ला अन्तर्गत रहेको सबै नगरपालिका/गाउँपालिकामा यसको कार्यसमिति बिस्तार गरी प्राथमिक उपचार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने । स्थानीय निकाय तथा संघ संस्था सँग समन्वय सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भएको छ ।

उक्त कार्यक्रममा सिद्धार्थ समाजिक विकास केन्द्र को थिम लिडर राम रेखा वरुण , जनकल्याण युवा क्लबको अध्यक्ष पृथ्वीराज चाैधरी , याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाको सल्लाहकार प्रभुनाथ गुप्ता ,कार्यक्रम संयोजक देवीराम काेहर, कार्यक्रम सह-संयोजक विन्देसरी यादव , सचिव शिवा गुप्ता , कपिलवस्तु नगरपालिकाको सहसचिव सम्झना वि. क लगायत अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।

कार्यक्रम संचालक कपिलवस्तु शाखाका सहसचिव रामु यादले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-०३ , समय : ०९:०५:३१ , २ वर्ष अगाडि