उर्मिला यादव यात्री , १०२४ पटक हेरिएको
भैरहवा, भदौ ९
रुपन्देहीको रोहिणी गा.पा.वडा नम्बर १ वाईपास रोडमा रहेको न्यु सिद्धार्थ रेष्टुरेण्टमा साउन २९ गते लुटपाट गर्ने दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गा.पा. वडा नं. ७ महुबारी बस्ने बर्ष ३२ को पवनराज भर र सि.न.पा. ४ दोगहरा बस्ने बर्ष २१ को मोमम्मद असरद मुसलमान (काजु) रहेका छ्न ।
गत साउन २९ गते केही व्यक्तीहरुले न्यु सिद्धार्थ रेष्टुरेण्टमा हतियार देखाई नगद, सुनका गरगहना र मोवाईल समेत लुटपाट गरेका थिए।प्रहरीका अनुसार गत साउन २९ गते २२:४७ बजेको समयमा जिल्ला रुपन्देही रोहिणी गा.पा.वडा नं.१ वाईपास रोड स्थित न्यु सिद्धार्थ रेष्टुरेण्टमा केही व्यक्तीहरुले हतियार देखाई नगद, सुनका गरगहना र मोवाईल समेत लुटपाट गरी धकधई तर्फ भागेको भनि प्रहरी चौकी चनौली बगाह रुपन्देहीमा सुचना प्राप्त हुना साथ प्रहरी टोली खटिई बसन्तपुर हुंदै वाईपास जाने क्रममा भैरहवा परासी सडक खण्डको बांया किनारामा (ओमसतिया ४ स्थित बसन्तपुर चोकबाट अन्दाजी ३० मिटर पूर्व) सि.न.पा. १ बेलहिया बस्ने वर्ष २८ को विकाश गुरुङ घाईते अवस्थामा फेला परेकोमा निज घाईते गुरुङको बाँया कम्मर माथी कोखामा गोली लागेको देखिएकोले निजलाई तत्काल उपचारको लागी भैरहवा स्थित मेडिकल कलेजमा पठाईएको थियो ।
निज ब्यक्तिहरुले उक्त रेष्टुरेन्टमा घटना घटाई भाग्ने क्रममा वसन्तपुर वाईपास नजिकै पछाडिबाट बिकाश गुरुङ्ग ( गोली लागी घाईते ब्यक्ति) मोटरसाईकलमा पछी लागी उनिहरुलाई रोक्न खोज्दा मोटरसाईकलमा सवार ३ जना मध्य बिचमा बस्ने ब्याक्तिले गोली प्रहार गरेको अनुसन्धानबाट खुल्न आएकोले थप अनुसन्धानका क्रममा जिल्ला रुपन्देही मायादेवी गा.पा. वडा नं. ७ महुबारी बस्ने बर्ष ३२ को भर र जिल्ला रुपन्देही सि.न.पा. ४ दोगहरा बस्ने बर्ष २१ को मुसलमान (काजु) लाई पक्राउ गरी डाँका चोरी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०८-२५ , समय : १२:२७:५२ , २ वर्ष अगाडि