नेपाल बन्दको पुर्व सन्ध्यामा बुटवलका विभिन्न ठाउँ ठाउँमा नेकपाको मसाल जुलुस

mamta bc , ४२५  पटक हेरिएको

बुटवल , भदौ ७

नेपाल बन्दको पुर्व सन्ध्यामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले पनि ठाउँ ठाउँमा मशाल जुलुस तथा कोणसभा सम्पन्न गरेको छ । राष्ट्रघाती एम सी सी संझौता खारेज , तत्कालीन ओलि सरकार सँग गरेको तीन बुदे संझौता लागू , जेलमा रहेका आफ्ना नेता तथा कार्याकर्ता रिहाइ एवं केही दिन अघि मात्र आफ्नो पार्टी महासचिव लगायत केन्द्रीय नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेज , राष्ट्रघाती नागरिकता बिधेक खारेजी लगायतका मागहरु राखी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत चार बाम दलहरुले आज नेपाल बन्द ( आमहडताल ) गरेका छन्।

 

रुपन्देहीकै सैना मैना नगरपालिकाको बाँसगढीमा मशाल जुलुस सम्पन्न भएको छ । यसैगरी रुपन्देहीको देवदह नगरपालिकाकै शंकरपुर चौडाहामा शिशिरको नेतृत्वमा मशाल जुलुस तथा कोणसभा सम्पन्न भएको छ ।

 

विप्लव नेतृत्वको नेता तथा कार्याकर्ताले बुटवलको बेलवासमा मशाल जुलुस तथा नारावाजी सहित आजको नेपाल बन्द सफल पार्न आह्वान गरेका थिए । उक्त जुलुसको नेतृत्व बुटवल नगर इन्चार्ज विरेन्द्र बि क ले गरेका थिए ।नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आजको आमहडताल सफल पार्न सबैलाई आह्वान गरेको छ ।

प्रकाशित मिति: २०२२-०८-२३ , समय : ०६:४०:५५ , २ वर्ष अगाडि