रबिन्द्र गुप्ता , ३१२ पटक हेरिएको
भैरहवा, ३ भदौ
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले कांग्रेस चुनौतीको सामना गर्ने पार्टी भएको बताउनु भएको छ। उहाले कांग्रेसमा चुनौतीको सामना गर्ने परिवार रहेको र परिवार एकजुट भएर अगाडी बढे ठूलाठूला आधिबेरीको सामना गर्न सकिन्छ भन्ने हिजोको इतिहासले देखाएको दावी गर्नु भएको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले शुक्रबार भैरहवामा आयोजना गरेको केन्द्रीय सदस्यमा मनोनित गंगा शाहीको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाले चुनौतीको सामाना गर्न सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिनु भएको छ । उहाले कांग्रेस सधै चुनौतीमा उभिएको बताउनु भएको छ ।
उहाले यो क्षेत्र, जिल्ला र मुलुक कांग्रेसमय हुनुपर्ने बताउनु भएको छ । केन्द्रीय सदस्य शाहीले भन्नु भयो ‘स्थानीय तहको निर्वाचनमा एकजुट भएर अगाडी बढ्दा जसरी पार्टीका उम्मेदवारलाई जितायौं, त्यसरी नै आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताएर १ नम्बर पार्टी बनाउनुपर्छ ।’
उहाले आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा अक्षरसः पालना गर्ने प्रतिवद्धता व्यक्त समेत गर्नु भएको छ । उहाले नागरिकता नभएका कारण कतिपय युवाले पढ्न नपाएको, विदेश जान नपाएको तथा विभिन्न अवसरबाट वञ्चित भएकाले सरकारले नागरिकता विधेयक ल्याएर संसद्ब द्वारा पारित भएको बताउनु भएको छ। उहाले राष्ट्रपति एउटा पार्टीको नभइ सम्पूर्ण नागरिकको अभिभावक बन्नुपर्ने बताउनु भयो ।
नेपाल महिला संघ रुपन्देहीकी सभापति समेत रहनु भएको शाहीले कर्म गरेपछि सुगन्धित र मीठो फल पाउन सकिने बताउनु भएको छ । उहाले भन्नु भयो रुपन्देहीको लागि यो गर्वको कुरा हो, महिलाको लागि सम्मानको कुरा हो ।’
कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले कांग्रेसले महिलालाई विभिन्न अवसर र स्थान दिएको बताउनु भएको छ । उहाले गंगा शाही कांग्रेसमा निरन्तर क्रियाशिल रहनुभएको बताउनु भएको छ । उहाले गठबन्धन रहर नभइ राष्ट्रको आवश्यकता भएको बताउनु भएको छ । नेता खाँणले एमालेले जनताको पक्षमा कहिल्यै काम नगरेको बताउनु भएको छ । उहाले भन्नु भयो ‘गठबन्धनको पक्षमा लहर ल्याउनुपर्छ, मुलुकको विकास र प्रगतिका लागि गठबन्धनलाई अगाडि बढाउनुपर्छ ।’ कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने उहाको भनाइ थियो ।
कांग्रेस महासमिति सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनीले गृहमन्त्री बालकृष्ण खाँणको रुपन्देहीमा मात्र नभइ मुलुकमा महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । उहाले महिला संघलाई विस्तार गर्दै महिलाहरुलाई संगठित बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले भन्नु भयो , प्रत्येक वडामा संगठन बनाउनुपर्छ, गठबन्धन भए पनि चुनौती छ ।’
यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले रुपन्देहीले तीनवटा केन्द्रीय सदस्य पाउनु गर्वको कुरा भएको बताउनु भएको छ । उहाले भन्नु भयो , ‘निर्वाचनमा कांग्रेसले राम्रो परिणाम ल्याउनुपर्छ ।’
यस्तै गरी संविधानसभा सदस्य जन्नतुन निशाले रुपन्देहीले तीनवटा केन्द्रीय सदस्य र महिलाले अवसर पाउनु गर्वको कुरा भएको बताउनु भएको छ ।
यस्तै गरी कांग्रेस महासमिति सदस्य दीपक क्षेत्री न्यौपानेले पार्टीका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनु भएको छ ।
महाधिवेशन प्रतिनिधि बसन्त कुमार लाल कर्णले केन्द्रीय सदस्य गंगा शाहीको भूमिका बढेको बताउनु भएको थियो । कांग्रेस महाधिवेशन प्रतिनिधि रमेश खनाल, पार्टीका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल लगायतले बोल्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकढिक्का भएर अगाडी बढ्नुपर्ने बताएका थिए ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्व, क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२२-०८-१९ , समय : २०:३५:४१ , २ वर्ष अगाडि