श्री गोपाल सेवा समिति सियारी रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सम्मान तथा बिरहा मुकाबला कार्यक्रम जारी

उर्मिला यादव यात्री , ४०१  पटक हेरिएको

भैरहवा, भदौ  ३                                                                                                                                             श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री गोपाल सेवा समिति सियारी रुपन्देहीले रक्तदान,सम्मान तथा बिरहा मुकाबला कार्यक्रम गरेको छ

 

श्री गोपाल सेवा समिति सियारीका अध्यक्ष केशव यादवको अध्यक्षतामा भएको रक्तदा कार्यक्रममा २५ पोइन्ट रगत संकलन गरिएको छ । संकलन भएको रगत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीलाइ प्रदान गरिएको अध्यक्ष यादवले बताउनु भएको छ। रुपन्देहीको सियारी २ मा भएको रक्तदान कार्यक्रम कार्यक्रममा २५ जनाले रक्तदान गरेका छ्न ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री गोपाल सेवा समिति सियारी रुपन्देहीले रक्तदान कार्यक्रम गर्नुका साथै सम्मान तथा बिरहा मुकाबला कार्यक्रम पनि आयोजना गरेको छ । अहिले बिरहा मुकाबला कार्यक्रम जारी रहेको छ भने साझा ७ बजे सम्मान कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-१९ , समय : १६:०१:३२ , २ वर्ष अगाडि